arrow

फुटबलर बने राष्ट्रपति

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
liberia-president.jpg

काठमाडौं। एक फुटबल खेलाडी राष्ट्रपति बनेका छन् । अफ्रिकी मुलुक लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबलर जर्ज वेह निर्वाचित भएका हुन्। राष्ट्रपति चयनका लागि गत मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा उनले सफलता हासिल गरेका हुन्। वेहले उनका प्रतिस्पर्धी जोसेफ बोआकाइविरुद्ध ६० प्रतिशत भन्दा बढी मत ल्याएको बीबीसीले जनाएको छ। 

यसअघि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो। वेह राजनीतिक संस्कार विकास गर्ने नारासहित चुनावमा होमिएका थिए। सन् २००२ सम्म सक्रिय फुटबल खेलाडी रहेका वेहले युरोपका चर्चित फुटबल क्लवहरु म्यान्चेस्टर सिटी, चेल्सी, पेरिस सेन्ट जर्मेनलगायतका क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । 

आफ्नो जमानाका निकै सफल खेलाडी वेह फिफा वल्ड प्लेयर अफ द इयर र बलुन डे ओर जित्ने एक मात्र अफ्रिकन खेलाडी हुन्। सबै पूर्व क्लवहरुले उनलाई बधाइसमेत दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ