arrow

नेपाल ग्यासको प्लान्ट विस्तार विरुद्ध स्थानीय सडकमा, दिए कडा चेतावनी (भिडियो)

नेविसंघको प्रतिवद्धतासँगै अल्टिमेटमपनि 

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
nepal-gas-protest.jpg

काठमाडौं। काठमाडौंको बालाजुमा नेपाल ग्यासले विस्तार गर्न लागेको ग्यास प्लान्ट विरुद्ध स्थानीयबासी सडकमा उत्रिएका छन्। उनीहरुले ग्यास प्लान्ट विस्तारको नाममा आफूहरुको सुरक्षामा ध्यान नदिईएको भन्दै उनीहरुले शुक्रबार विहान बालाजु औद्योगिक क्षेत्रको प्रवेश द्वार बाहिर भेला भएका विरोध गरेका हुन्। उनीहरुले हाफूहरुको शान्तिपूर्ण आन्दोलनलाई कमजोर सम्झिए सम्बन्धित पक्षले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।

स्थानीयको धर्नालाई नेपाल विद्यार्थी संघले पनि ऐक्यवद्धता जाहेर गरेको छ। नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले काठमाडौं बासीको सुरक्षासँग सरोकार राख्ने यो विषयमा भएको आन्दोलनको नेपाल विद्यार्थी संघ पूर्ण रुपमा सहयोग गर्न तयार रहेको बताए। उनले कमिसनको खेलमा कसैले स्थानीयको स्वास्थ्य माथि खेलवाड गर्छ भने नेविसंघ त्यसलाई परास्त गर्न सक्षम रहेको पनि जानकारी दिए।

उनले यो विषयमा नेविसंघ सधैं स्थानीयसँगै रहेको भन्दै नेविसंघले ज्ञापनपत्र बुझाउने, अल्टिमेटम दिने र त्यतिले पनि नभए सडक संघर्ष गर्न पनि आफूहरु तयार रहेको बताएका छन्। नेविसंघले यसै विषयमा सरोकारवालाहरुसँग मिलेर पनि काम गर्ने जनाएको छ।

त्यसैगरी यो कदमको पहिलेदेखि नै विरोध गर्दै आएका १६ नं वडाका वडाध्यक्ष मुकुन्द रिजालले स्थानीयले आफ्नो सुरक्षाको लागि आफैं सचेतभएर गरेको काममा आफ्नो पूर्ण समर्थन रहेको बताए। त्यही जनताको सुरक्षाको लागि आफूले पहिलेदेखि नै यसको विरोध गर्दै आईरहेको भएपनि नेपाल ग्यासले अटेर गर्दै प्लान्ट विस्तारको काम रोकेको आरोप उनले लगाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ