arrow

ग्यास बमको विस्तार विरुद्ध स्थानीय सडकमा, तत्काल उद्योग सार्न कडा चेतावनी

नेविसंघ पनि उत्रियो मैदानमा

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
gas-bomb.jpg

काठमाडौं । काठमाडौंको बालाजुमा रहेको नेपाल ग्यास उद्योगले विस्तार गर्न लागेको ग्यास प्लान्ट विरुद्ध स्थानीयबासी सडकमा उत्रिएका छन् । 

उनीहरुले ग्यास प्लान्ट विस्तारको नाममा आफूहरुको सुरक्षामा ध्यान नदिईएको भन्दै उनीहरुले शुक्रबार विहान बालाजु औद्योगिक क्षेत्रको प्रवेशद्वार बाहिर भेला भएर विरोधसहित धर्ना दिए । 

उनीहरुले आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई कमजोर सम्झिए सम्बन्धित पक्षले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।  

वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले वस्तीबाट उद्योग नहटेसम्म निरन्तर लडाईं लडिरहने बताएका छन् । उनले ग्यास बमले स्थानीयको जुनसुकै बेला ज्यान जान सक्ने भन्दै यो उद्योग हटाउन सबैलाई एकजुट हुन आब्हान गरे ।

उनले त्यही जनताको सुरक्षाको लागि आफूले पहिलेदेखि नै यसको विरोध गर्दै आईरहेको भएपनि नेपाल ग्यासले अटेर गर्दै प्लान्ट विस्तारको काम रोकेको आरोप उनले लगाएका छन् ।

वडा नम्बर १६ का काँग्रेस इकाइ सभापति देवेन्द्र पाठकले कुनै पनि हालतमा यो विवादलाई निचोडमा पुर्याएरै छाड्ने बताए । 

यो आन्दोलनलाई नेपाल विद्यार्थी संघले पनि साथ दिएको छ । 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा रहेको केन्द्रीय समितिले बनस्थलीमा भएको विद्यालय लगायत यहाँ भएका विद्यार्थीको सुरक्षाका लागि नेविसंघ विरोधमा उत्रनु परेको बताए । 

उनले कमिसनको खेलमा कसैले स्थानीयको स्वास्थ्यमाथि खेलबाड गर्छ भने नेविसंघ त्यसलाई परास्त गर्न सक्षम रहेको पनि चेतावनी दिए । 

उनले यो विषयमा नेविसंघ सधैं स्थानीयसँगै रहेको भन्दै नेविसंघले ज्ञापनपत्र बुझाउने, अल्टिमेटम दिने र त्यतिले पनि नभए सडक संघर्ष गर्न पनि आफूहरु तयार रहेको बताएका छन् । नेविसंघले यसै विषयमा सरोकारवालाहरुसँग मिलेर पनि काम गर्ने जनाएको छ । 

नेविसंघ देशव्यापी आन्दोलनसमेत गर्न तयार रहेको बताएका छन् । 

विरोध कार्यक्रममा सुशील भट्ट, विपिन अधिकारी, दुजाङ शेर्पा, शैलेन्द्र गौडेल लगायतले अझै पनि अटेर गर्दै जनताको सुरक्षामाथि खेलबाड गर्ने हो भने कडा प्रतिकारमा उत्रने समेत चेतावनी दिएका छन् । 

विरोध कार्यक्रममा सयौंको संख्यामा स्थानीय सहभागी भएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ