arrow

आफ्नै पार्टीको मन्त्री गिरी थर्काउने कमल थापाको यस्तो रैछ रहस्य

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं। उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापा नमज्जाले नांगिएका छन्। मन्त्रिपरिषद्को बैठकमा सचिवले सहयोग नगरेको गुनासो राप्रपाबाटै मन्त्री बनेका शहरी विकासमन्त्री दिलनाथ गिरीले गरेपछि एकाएक हपारेर ‘राजीनामा दिनुस्’ भनेर कड्किएका थापाले आफ्नै हैसियत समेत देखाएका छन्। 

स्रोतका अनुसार मन्त्री गिरीमाथि कमल थापाको मन्त्री बनेदेखि नै नियत ठीक थिएन। उनले मन्त्री गिरीलाई बाइपास गरेर सचिव, राज्यमन्त्री कुन्तीकुमारी शाही र कोषाध्यक्ष उद्धव पौडेललाई राखेर  टिम बनाएका थिए । त्यो टिमले सुनियोजित काम गर्ने गर्दथ्यो। स्रोत भन्छ, ‘बत्तीसपुतलीमा रहेको होटल द्धारिकाजमा बसेर उनीहरुबीच अनेक चलखेल हुन्थे, त्यहीं बसेर ठूलो सेटिङ हुन्थ्यो र मोटो रकमको लेनदेनसमेत हुन्थ्यो।’

जब आफ्नो टिमको मुख्य सदस्यमाथि आक्रमण हुन थालेपछि कमल थापा किन नै चुप लागेर बस्थे र। भयो त्यस्तै। एकातिर पार्टी जनताबाट तिरस्कृत भइरहेको अवस्था अनि अर्कातिर कमल थापाले गर्ने पटक पटकको गल्ती । यो भन्दा बढी कमल थापा कति नै पो गिर्लान् र। 

के भएको थियो मन्त्री परिषद बैठकमा ? के भन्छन् मन्त्री गिरी ?
मन्त्री गिरीले हाम्राकुराको जिज्ञासामा भने, ‘मन्त्री परिषदको बैठकमा सबैजसो मन्त्रीज्यूहरुले आफ्नो मन्त्रालयका सचिवले भनेको मानेनन् भनेर गुनासो गर्नुभयो। मुख्य सचिवले पनि साथ दिएको भन्ने कुरा आयो। मुख्य सचिवे मैले त्यस्तो गरेको छैन भन्नुभयो, मैले पनि सकभर मिलेर जाने हो तर मलाई पनि असहयोग भएको छ, यदि सचिव फेर्ने हो भने पएचडी डाक्टर रमेशप्रसाद सिंहलाई ल्याउँ भने।’

उनले अगाडि थपे, ‘ काममा असहयोग भएको भए मन्त्रीले चाहेका खण्डमा अर्को सचिव ल्याउन सकिन्छ भनी मुख्य सचिवले भन्नुभयो तर कमल थापाज्यूले एक्कासी मलाई रोक्नुभयो, उहाँले झोंक्किएर सचिवसंग मिलेर काम गर्न नसक्ने भए राजीनामा दिनुस् भन्नुभयो।’

गिरी स्तब्ध मुद्रामा अगाडि भन्छन्, ‘राजीनामा दिन म तयार छु, तर मैले अरु मन्त्रीज्यूहरुजस्तो सचिवबाट असहयोग भयो भन्न पाउने कि नपाउने ? भनेर प्रश्न गरें।’

मन्त्री गिरी स्पष्ट पार्दै भने, ‘बैठकमा मैले आफूले मन्त्रीको हैसियतमा गर्न पाउनुपर्ने काम गर्न किन नपाउने भन्दै थापाज्यूलाई प्रश्न गरें। ४८ वर्ष संसंगै राजनीति गरेका मान्छेलाई म राजनीतिमा अगाडि आए पनि उहाँलाई नै नेता मान्दै आएको छु। तर उहाँबाट सार्वजनिक रुपमा अपमान गर्ने काम भयो। पीडा हुँदो रहेछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ