arrow

यस्तो बन्दैछ २२ तलाको धरहरा, डिजाईनमा हेर्नुहोस् 

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
dharahara1.jpg

काठमाडौं । गत बैशाख १२ गते  गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको धरहरा २२ तलाको बन्ने भएको छ । यस अघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखी टेलिकमले विभिन्न कारण देखार्इ धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाए पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैंले धरहरा बनाउने तयारी थालेको हो । 

प्राधिकरणले अब बन्ने धरहराको डिजाईन तयार पारिसकेको छ भने प्राधिकरणबाट निर्णय भने गरिसकेको छैन । कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइन लगायतका कारण देखाउँदै टेलिकमले यसबाट हात झिकेपछि मन्त्रिपरिषद्ले प्राधिकरणलाई नै यसको जिम्मा दिएको थियो । प्राधिकरणका अनुसार अहिले भत्किएको धरहरा अहिलेकै अवस्थामा राख्ने र त्यसको नजिकै अर्काे नयाँ धरहरा बनाउने तयारी भईरहको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका सहसचिव राजुमान मानन्धरले धरहरा आफैंले बनाउने विषयमा छलफल चलिरहेको प्रतिक्रिया दिए । प्राधिकरणले बनाउन लागेको सो डिजाईनले धरहरालाई नै नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने देखिएको छ । अहिलेको हुलाक सेवा विभागको जग्गामा समेत बेसमेन्ट पार्किंङ बनाउने तयारी भईरहेको धरहराको २२ तलामा ५६ जना अटाउने खाली ठाउँ बनाईने भएको छ । 

२२ तलासम्म लिफ्टबाट जाने व्यवस्था मिलाउन लागिएको धरहरामा बैकल्पिक समयको लागि भर्याङको समेत व्यवस्था गरिने भएको छ । धरहरा चढ्नको लागि टिकट काटेर २ तलासम्म अन्डरग्राउण्डमा गएपछि २२ तला माथिसम्म लिफ्टबाट उकालो लागिनेछ । एक पटकमा सो लिफ्टमा २० जनासम्म चढ्नसक्ने व्यवस्था गरिनेछ । अहिले हुलाक सेवा विभाग रहेको ठाउँमा बेसमेन्ट पार्किङको लागि विभागलाई चारखालमा जग्गा र घर समेत बनाईदिएर व्यवस्थापन गरिसकेको प्राधिकरणले जनाएको छ । 

यस्तो बन्दैछ धरहरा डिजाईनमा हेर्नुहोस् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ