arrow

शहीद धर्मभक्तलाई पनि न्यायको प्रयास

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
dharma-bhakta-mathema-sahid.jpg

काठमाडौं । राणाकालविरुद्ध आन्दोलनका चार शहीदमध्येका एक धर्मभक्त माथेमालाई ढिलै भए पनि न्याय दिने प्रयास भएको छ । 

१९९७ सालका चार शहीदमध्ये तीन जनाको नाममा कुनै स्थान विशेषको नाम भए पनि धर्मभक्तका बारेमा केही पनि नहुँदा न्याय नभएको महसुस गर्दै सरकारले धर्मभक्तको नाममा भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्र राखेको हो । 

तीन शहीदको नाममा दशरथ रंगशाला, गंगालाल हृदय केन्द्र र शुक्रराज ट्रपिकल सेन्टर रहेको छ । 

धर्मभक्तको नाममा जोड्नका लागि स्वास्थ्य मन्त्री हुँदा गगनकुमार थापा र अहिलेका रक्षा मन्त्री भीमसेनदास प्रधानले विशेष भूमिका खेलेका थिए । 

प्रधानले सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृति कार्यक्रममा पूर्व राष्ट्रपतिलाई सम्मान गर्ने बेलामा पूर्व राष्ट्रपति रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर धर्मभक्तको नाममासमेत कुनै महत्वपूर्ण ठाउँ दिनुपर्नेमा विशेष जोड गरेका थिए । 

मन्त्री परिषदको बिहिबार बसेको बैठकले धर्मभक्तको नाममा मानव अंग प्रत्यारोपण केन्द्र राख्ने निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ