arrow

दिलनाथ गिरिलाई मन्त्रीबाट बर्खास्त गर्न प्रधानमन्त्रीलाई कमल थापाको पत्र

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
dilnath-giri-birami.jpeg

काठमाडौं । राप्रपाका अध्इक्ष कमल थापाले प्रधानमन्त्री शेर बहादुर देउवालाई पत्र लेखी शहरी बिकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न आग्रह गरेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकको विषयलाई लिएर यस्तो आग्रह गरिएको कमल थापा निकट स्रोतले जानकारी दिएको छ । 

मन्त्री गिरीले भने सो विषयमा आफूलार्इ आधिकारिक जानकारी नभएको भन्दै यस विषयमा आफूले पनि जानकारी पाएको प्रतिक्रिया दिए । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा भएको विषयलार्इ लिएर आफूलार्इ बर्खास्तीको लागि पत्र दिर्इएको हुनसक्ने उनले आश‌ंका गरे । 

थापाले प्रधानमन्त्रीलार्इ पठाएको पत्रमा गिरी पार्टी हित विरुद्ध लागेकोले उनलार्इ मन्त्री पदबाट बर्खास्त गर्न आग्रह गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ