पाँचथर अस्पतालको भवन गुणस्तरीय बनाउन सरोकारवालाको जोड
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ पुष १४ शुक्रबार
961
Shares
पाँचथर । निर्माणधिन जिल्ला अस्पताल पाँचथरको भवन गुणस्तरीय र सम्झौता बमोजिमको काम गर्न सरोरकारवालाहरुले सम्वन्धित पक्षलाई सुझाव दिएका छन् ।
पाँचथरको फिदिम स्थित जिल्ला स्वास्थ्य कार्यालयमा शुक्रवार आयोजित छलफल तथा अन्र्तक्रिया कार्यक्रममा वोल्दै उनीहरुले शहरी विकाश तथा भवन निर्माण डिभिजन कार्यालय इलाम तथा आयोजनाको जिम्मा लिएको निर्माण ब्यवसायी अनक हिरातन जेभीलाई सुझाव दिएका हुन् ।
कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष मित्र प्रसाद काफलेले विगतमा डिभिजन कार्यालयको मातहतमा निर्माण भएको स्वास्थ्य कार्यालयको भवन तथा अन्य भवनहरु समेत गुणस्तरहिन सामाग्री तथा मापदण्ड विपरीत भवन निर्माण गरिँदा एक वर्ष पनि बित्न नपाई छत चुहिएको वताउँदै अव बन्न लागेको अस्पतालको भवन भने गुणस्तरीय ढंगबाट मापदण्ड अनुरुप बनाउनुपर्ने वताए ।
उनले भने,“ कार्यालयले कस्तो गिटी,बालुवा,इटा,रड हाल्नुपर्ने भनेको हो त्यसको जानकारी गराए सवै सरोकारवाला पक्ष आभारी हुने थिएँ ।”
यस्तै राप्रपाका जिल्ला उपाध्यक्ष हरि प्रकाश सुवेदीले ल्याबमा परिक्षण गरिने क्वान्टिटी एउटा हुन्छ तर प्रयोग गर्दा निर्माण ब्यवसायिको अनुकुलमा सामाग्री प्रयोग गरिँदा गुणस्तरीय नहुने भएको भन्दै सम्झौता बमोजिम गुणस्तरीय काम गर्न आयोजनाको जिम्मा लिएको अनक हिरातन जेभीलाई सुझाव दिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ शाखा पाँचथर जिल्ला अध्यक्ष लवदेव ढुंगानाले लागत अनुमान भन्दा बिलोमा गएर कम्पनीले काम गरेको हुनाले गुणस्तरीयतामा शंका गर्दे सम्झौता बमोजिमको काम गर्न सम्वन्धित पक्षलाई सुझाए ।
कार्यक्रममा वोल्दै फिदिम माविका विद्यालय ब्यवस्थापन समिती अध्यक्ष तथा उद्योग वाणिज्य संघ पाँचथरका पूर्व महासचिव रमेशभगत प्रधानांगले अस्पतालको रेखदेख गर्न समिती बनाउनुपर्ने वताए । सम्पूर्ण सरोकारवाला पक्षको जवाफ दिँदै आयोजनाको जिम्मा लिएको अनक हिराचनका प्रमुख गोपाल बस्नेतले सम्झौता अगाबै गुणस्तरीय काम गर्नेमा आफूलाई कुनै शंका नगर्न आग्रह गरे।
यस्तै शहरी विकाश तथा भवन डिभिजन कार्यालयका प्रमुख कुमार घिमिरेले कार्यालयको तर्फबाट कम्पनीको तर्फबाट र अस्पताल ब्यवस्थापन समितीको तर्फबाट समेत इन्जिनियर तथा सब इन्जिनियर खटिएको हुँदा सम्झौता अनुरुपकै गुणस्तरीय काम हुने वताए ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईले गुणस्तरीय भवन निर्माण बनाउनको लागि आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने वताइन् । जिल्ला समन्वय समिती सभापति बिमल प्रसाद सापकोटाले तपाई हाम्रै सम्पत्ति भएकोले यसको संरक्षण ,र रेखदेख गरेर गुणस्तरीय भवन बनाउनुपर्ने वताए ।
सम्पूर्ण सराकोरवाला पक्षलाई धन्यवाद दिँदै अस्पताल विकाश समितीका अध्यक्ष दिपक नेपालले भवन डिभिजन कार्यालय,निर्माण ब्यवसायि,तथा समितीको तर्फबाट समेत इन्जिनियर रहेको हुँदा सम्झौता बमोजिमकै गुणस्तरीय काम हुने वताए ।
अहिले संचालनमा रहेको १५ शैयाको र पछि ५० शैयाको अस्पताल बनेपछि दरवन्दीनै फरक हुने जिल्ला अस्पताल पाँचथरका डाक्टर पवन कुमार शाह वताए । उनका अनुसार ५० शैयाको अस्पताल बनेपछि गाइने,मेडिसिन,सर्जरी,नाक,कान,हडि विशेषज्ञ गरी ८ जना डाक्टरको दरवन्दी रहनेछन् ।
४ हजार ५ सय वर्ग्मिटर क्षेत्रफलमा निर्माण हुने अढाई तले भवन बनाउने जिम्मा अनक हिरातन जेभीले पाएको छ । २ वर्ष्भित्र निर्माण कार्य सक्नुपर्ने उक्त भवन २१ करोड ४ हजार ७ सय ६ रुपैया ५७ पैसामा बनाउनुपर्ने छ ।
सर्वेक्षणका क्रममा २६ करोड रुपैया लागत अनुमान गरिएपनि अनक हिरातन जेभीले १७ प्रतिशत बिलोमा काम गर्न मन्जुर भएको हो । भुक्म्प प्रतिरोध क्षमताको भवन अपांग मैत्री हुनेछ ।
निर्माणधिन भवनको भुइतलामा इर्मेजन्सी,ल्याब,ओपिडी,अपरेशन थिएटर,रेडियोलोजी,पहिलो तलामा अपरेशन थिएटर,डेन्टल,इन्डोओर,अन्तिमतलामा डाक्टरको कार्यालय,प्रशासनिक कक्ष,मिटिङ हल,अस्पताल विकाश समिती अध्यक्षको च्याम्बर रहने छ ।