arrow

सांसदको सूचीमा नपारेपछि राजपाको कार्यालयमा तोडफोड

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
rajapa.jpg

काठमाडौं । प्रदेशसभाको समानुपातिक सदस्य टुंग्याउने विषयलाई लिएर राष्ट्रिय जनता पार्टी राजपाको केन्द्रीय कार्यालयमा तोडफोड भएको छ ।

मधेसी कर्मचारी मञ्चका सदस्यहरुले पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड गरेको नेताहरुले बताएका छन् । मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंह सरकारी जागिर छाडेर समानुपातिकमा बसेको तर उनको नाम नपरेपछि समर्थकहरुले आक्रोश पोखेका बताइएको छ ।  

सिंहको नाम सिफारिस नभएको भन्दै कार्यालयमा तोडफोड भएको हो । उनीहरुले पार्टीको बोर्डका साथै कुर्सीहरु तोडफोड गरेका छन् । तोडफोडपछि नेताहरु छलफलमा व्यस्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ