arrow

सरकारी कामकाजमा गुरुङ भाषालाई प्राथमिकता

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
Prithivi_subba_intervew3658.jpg

बेंसीशहर, लमजुङ । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले सरकारी कामकाजमा गुरुङ भाषालाई प्राथमिकतामा ल्याइने जिकिर गरेका छन् ।  

तमु ल्होसारका अवसरमा शुक्रवार बेंसीशहरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य गुरुङले ४ नं प्रदेश तमु जातिको बाहुल्य क्षेत्र रहेकाले तमु भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउन र तमु जातिको पहिचान रक्षाका लागि आफू लागिपर्ने बताए ।

नेता गुरुङले ४ नं प्रदेशमा गुरुङसँगै मगर जातिको भाषालाई पनि कामकाजी भाषामा प्रयोगमा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको नामकरण जातीय र भौगोलिक पक्ष दुवै मिलाएर गर्न सकिने बताए । लमजुङमा यही पुस १२ गतेदेखि विविध सांस्कृतिक कार्यक्रमका साथ तमु जातिले ल्होसार पर्व मनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ