arrow

धनकुटावासी आए प्रधानमन्त्रीलाई घेर्न

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
Sher-Bh-Deuba.jpg

काठमाडौं। प्रादेसिक राजधानी धनकुटा निर्माण अभियान समितिले चौथो चरणको कार्यक्रम अन्तर्गत काठमाडौंस्थित प्रधानमन्त्री निवास बालुवाटारमा घेराउ र धर्ना दिने भएको छ ।

अभियान समितिका संयोजक तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको संयोजक भएको समितिले धनकुटालाई एक नम्वर प्रदेशको राजधानी बनाउनका लागी प्रधानमन्त्री शेर वहादुर देउवाको ध्यानाकर्षण गराउन धर्ना र घेरा कार्यक्रम गर्ने भएको हो। 

पौष १६ गते विहान ८.३० बजे माईतीघर मण्डेला काठमाण्डौमा र पौष १७ गते विहान ८.३० बजे प्रधानमन्त्री निवास वालुवाटारमा घेराउ र धर्ना दिने कार्यक्रम गर्ने अभियानका सदस्य तथा नेपाल प्रेम युनियनका केन्द्रीय उपाध्यक्ष विजय सन्तोषी राईले वताए।

पौष १७ गते सोमवार मन्त्रिपरिषदको बैठक वस्ने भएकोले प्रधानमन्त्री निवास बालुटारमा घेराउ र धर्ना कार्यक्रम विशेष रुपले गरिएको अभियानका संयोजक उमेश घिमिरेले वताए ।

धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन माग गर्दै चौथो चरणको अभियान अन्तर्गत माईतिघर मण्डेलाको धर्ना र प्रधान मन्त्री निवास वालुटारमा हुने कार्यक्रममा सवैलाई सक्रियता पूर्वक सहभागी हुन अभियानको तर्फबाट अनुरोध समेत गरिएको नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताए।

सो अवसरमा धनकुटा प्रदेश सभाका सदस्य इन्द्रमणी पराजुली, अभियानका संयोजक उमेश घिमिरे, नेकपा एमालेका नेता धर्मराज पौडेल, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, माओवादी केन्द्रका नेता कुसुम श्रेष्ठ, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतका विभिन्न महानुभावहरुको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ