arrow

राष्ट्रिय जनमोर्चाका अध्यक्ष माओवादीमा प्रदेश

logo
प्रकाशित २०७४ पुष १५ शनिबार
jana-morcha.jpg

काठमाडौं। राष्ट्रिय जनमोर्चा मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण विष्ट र नेता भुवनप्रकाश विष्ट शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकाछन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित आफ्नै निवासमा उनहरूलाई पार्टी प्रवेश गराउँदै वाम गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको युग शुरू भएको र सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताए।

राजमो मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मणले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्देश्यले आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ