arrow

काँग्रेस नेता गगन थापाको क्षेत्रका न्हुच्छेनारायण र राधा बने प्रदेश सभा सदस्य

logo
प्रकाशित २०७४ पुष १५ शनिबार
gagan.png

काठमाडौं। नेपाली काँग्रेसले शुक्रवार अवेर प्रदेश सभाको समानुपातिकमा आफ्नो पार्टीका तर्फबाट  नामहरु निर्वाचन आयोगलाई पठाएको छ। 

काँग्रेसको कार्यसम्पादन समितिको वैठकमा  दिनभरको वृहत छलफल पछि काँग्रेसले आफ्नो नाम पठाउन अवेर पठाउन सकेको हो। 

काँग्रेसले प्रदेश सभामा पाएको ७२ सदस्यको नाम प्रदेश र क्लस्टर अनुसार मिलाउन लामो छलफल गर्नुपरेको थियो। 

यसरी छलफल हुँदा यसअघी निर्वाचन आयोगमा पठाएको प्राथमिकताक्रम अनुसार नै क्लस्टर मिलाएर पठाउनुपरेपछि काँग्रेसमा केहि खिचातानी पनि भएको थियो। 

यति हुँदाहुँदै पनि यसअघी प्राथमिकताको क्रममा रहेकाहरु मध्येबाट नाम पठाइएको छ। 

संविधानको घोषणा पछि देशमा ७७ जिल्ला रहेको छ। काँग्रेसले कुल ७२ प्रदेश सभा सदस्य पाएको छ। यस हिसावले पनि कतिपय जिल्ला प्रदेश सभाको समानुपातिकमा छुटेका छन्। कतिपय निर्वाचन क्षेत्रमा भने एक भन्दा वढी पनि प्रदेश सभा सदस्य भएका छन्।

नेपाली काँग्रेसले चुनाव जितेका कतिपय स्थानमा एक भन्दा वढी पनि समानुपातिकमा परेका छन्। कतिपय स्थानमा पार्टी हारे पनि पार्टीले यस अघी पठाएको समानुपातिकको प्राथमिकताका कारण त्यस्ता क्षेत्र र जिल्लाबाट पनि प्रदेश सभामा पठाइएका छन्। 

नेपाली काँग्रेसका नेता गगन थापा निर्वाचित भएको काठमाडौं ४ बाट पनि दुई प्रदेश सभा सदस्य बनेका छन्। 

काठमाडौं काँग्रेस क्षेत्र नम्वर ४का पूर्व क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठ र तरुण दलकी पूर्व केन्द्रीय सदस्य राधा घले गगन थापाकै क्षेत्र काठमाडौं ४ बाट प्रदेश सभा सांसद भएका हुन्। 

अब यस क्षेत्रमा नेपाली काँग्रेसको निर्वाचित र समानुपातिक गरि ३ प्रदेश सभा सांसद भएका छन्। यसअघी काठमाडौं ४ ख बाट प्रदेश सभामा नरोत्तम वैद्य निर्वाचित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ