- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा साँढे गोरुको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । साँढेको आक्रमणबाट महाराजगञ्ज नगरपालिका वडा नं ३ का द्धावारीका गुप्ताको १३ बर्षीय छोरी जानकी गुप्ताको मृत्यु भएको छ ।
विगत एक हप्तादेखि साँढे गोरुले महाराजगञ्ज आसपासमा आतंक मच्चाएको छ। साँढेको आक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन । त्यस्तै बगाहियाका सुसु भानिनेको ढाँड भाचिएको छ । उनको भारतको लखनउमा उपचार भइरहेको रामबली यादवले बताए ।
त्यस्तै साँढेले उनलवालियमा दुई जना घाइते बनाएको छ । गौडहवामा पनि चार जना घाईते भएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जानकारी दिएको छ । साँढेले बाटोमा हिडडुल गरेका जो कोहीलाई पनि आक्रमण गर्ने गरेको मनोवर धुनियाले बताए । अहिलेसम्म करिब दर्जन भन्दा बढी स्थानिय घाइते भएका छन् ।
यता महाराजगञ्ज नगरपालिकाले साँढेलाई नियन्त्रण गर्नका लागि प्रहरी जवान, पशु सेवा कार्यालयका कर्मचारी लगायतलाई परिचालन गरेको छ । साथै सबैलाई सावधानी अपनाउन आग्रहगरेको महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम खांले बताएका छन् ।