arrow

प्रदेश नम्वर १ को राजधानी धनकुटालाई घोषणा गर्न सोमबार बालुवाटार घेरिदै, आइतवार माइतीघरमा धर्ना

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
dhankuta-pradarsan-maitighar.jpg

काठमाडौं। प्रदेश नम्वर १ को राजधानी धनकुटालाई घोषणा गर्न माग गर्दै काठमाडौंको माईतिघर मण्डेलामा धर्ना गरिएको छ।

पूर्वाधार, सार्मथ्य, सुरक्षा, सुन्दरताको खानी रहेको धनकुटालाई प्रदेश नम्वर १ को राजधानी घोषणा गर्न माग गर्दै प्रदेश नम्वर १ को राजधानी निर्माण अभियान समितिले माईतीघर मण्डेलामा विहान साढे आठ बजे देखी साढे दस बजे सम्म गरी २ घण्टा धर्ना कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रदेश सभाका सदस्यहरु सांसदहरु इन्द्रमणी पराजुली, लिला सुब्बा, आर सी तुम्वा, बिना राई, कुसुम कुमारी श्रेष्ठ, पूर्व सांसद मनोहर नारायण श्रेष्ठ, अभियानका संयोजक उमेश घिमिरे, नेपाली काँग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, धनकुटाका क्याम्पस प्रमुख निरञ्जन वस्ती, धनकुटा काठमाण्डौ सम्पर्क समिति, मञ्च, गणतान्त्रिक मञ्च लगायतका पदाधिकारीहरु, धनकुटा लगायतका प्रदेश नम्वर १ का जिल्लाहरुबाट काठमाण्डौ आई पेशा व्यावसाय तथा रोजगार गर्दै आएकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

धर्ना कार्यक्रमको समापन कार्यक्रममा अभियान समितिका संयोजक उमेश घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको उदेश्य तथा धनकुटालाई राजधानी बनाउने आधारहरु नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले प्रकाश पारेका थिए। 

प्रादेसिक राजधानीमा अभियान समिति धनकुटाले पौष १७ गते प्रधानमन्त्री निवास बालुवाटार विहान साढे आठ बजे देखी धर्ना दिने कार्यक्रम रहेको सदस्य तथा पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादु श्रेष्ठले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ