धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारमा धर्ना
प्रकाशित २०७४ पुष १७ सोमबार
576
Shares
काठमाडौँ । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ ।
भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले सोमबार बिहान ८:३० देखि ११ बजेसम्म धर्ना दिएका हुन् ।
सोही अवसरमा प्रदेशसभा सांसदहरू इन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ, लीला श्रेष्ठ, प्रदेश राजधानी बनाउ अभियानका संयोजक उमेश घिमिरे र नागरिक समाज धनकुटाका अध्यक्ष द्रोण गुरागार्इंलगायतले राजधानी बनाउँदा सबैका लागि उपयुक्त हुने भन्दै धनकुटालाई नै राजधानी बनाउनुपर्ने माग गरे।
प्रदेश राजधानी बनाउ अभियानले धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै संकलन गरेको हस्ताक्षर मंगलबार प्रधानमन्त्रीलाई बुझाउने भएको छ ।