काठमाडौंमा फेरि अर्को स्कुटर दुर्घटना, चालकको मृत्यु
प्रकाशित २०७४ पुष १८ मंगलबार
176
Shares
काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुने क्रम बढ्दो छ । रातिमा अझ बढी दुर्घटना हुने र चालकको मृत्यु नै हुने घटना बढेको हो ।
सोमबार मध्यरातमा पनि एक दुर्घटनामा परी चालकको ज्यान गएको छ । काठमाडौंको तीनकुनेमा राति सवा १२ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर अनियन्त्रीत भई दुर्घटना हुँदा चालक उदयपुर गाईघाट घर भई हाल ललितपुरको लुभु बस्ने ४९ बर्षीय गोपाल आलेको मृत्यु भएको हो ।
गम्भिर घाइते भई उपचारको क्रममा उनको निजामती अस्पताल मिनभवनमा मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।