arrow

अनेरास्ववियु ‘मुर्दा जुलुश’मा झडप, केही प्रदर्शनकारी घाइते 

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
jhadap.JPG

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपाति नजिता प्रकाशन नगरेको विरोधमा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु निकालेको ‘मुर्दा जुलुश’मा प्रहरीसँग झडप भएको छ । 

झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले लाठी प्रहार गर्दा केही प्रदर्शनकारीको टाउकोमा चोट लागेको छ । 

त्रिचन्द्र कलेजबाट रन्नपार्कतिर आइरहेको जुलुशमा प्रहरीले बल प्रयोग गरको हो । प्रहरीले टियर ग्याँस र अश्रुग्याँस प्रहार गरेको छ । 

आयल निगमले सोमबार मात्रै एक महिनाको अवधिमा चौथा पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । संगठनले मूल्य वृद्धि खारेज गर्न माग गरेको छ । यस्तै विद्यार्थीहरुले निर्वाचन आयोगलाई प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ