arrow

नेपाल–भारत संयुक्त टोलीले सुरु गर्‍यो सीमा सर्भेक्षण

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
sima.jpg

कञ्चनपुर । नेपाल–भारत संयुक्त सीमा सर्भेक्षण टोलीले मंगलवारदेखि कञ्चनपुरमा सीमा सर्भेक्षण गर्न थालेको छ । पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन तथा अवलोकन कार्य थालेको हो ।

संयुक्त टोलीले भीमदत्त नगरपालिकाको बम्हदेवस्थित सीमास्तम्भ नम्बर ८११ सम्म रेखांकनको कार्य गर्ने टोली सदस्य पूर्णबहादुर खड्काले बताए ।

गत भदौ अन्तिम साता भारतको देहरादुनमा बसेको नेपाल भारतको ‘सर्भे अफिसियल कमिटी’ को सातौँ बैठकले संयुक्त नापी टोली खटाउने निर्णय गरेबमोजिम टोलीले सर्भेक्षणको कार्य अगाडि बढाएको हो ।

नापी विभागका प्रमुख अधिकृत सुदर्शनसिंह धामीको नेतृत्वमा नेपाली टोलीमा काशीलाल चौधरी, पूर्णबहादुर खड्का, महादेव भट्टसहित सातजना छन् ।  नेपाली टोलीसँगै भारतबाट पनि सर्भे अफ इन्डियाका अधिकारी आरसी भट्टको नेतृत्वको टोली खटिएको छ ।

टोलीले सीमास्तम्भको हालको अवस्था, मर्मत गर्नुपर्ने र हराएका सीमास्तम्भको विवरण संकलन गर्नेछ । विवरण संकलनपछि सीमास्तम्भको मर्मत सम्भार र हराएका ठाउँमा दुवै देशको सहमतिमा नयाँ सीमास्तम्भ राखिनेछ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ