arrow

पूर्वराजा शाह धनगढी पुग्दै, के छ कार्यक्रम ? ‘राजा आउ देश बचाउ’

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
Gyanendra-shaha.jpg.jpeg

नेपालगञ्ज । मध्य र सुदूरपश्चिमको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह बुधबार बिहान धनगढी जाँदै छन् । 

सपरिवार बुधबार बिहान ११ बजे कैलालीको धनगढी जाने कार्यक्रम रहेको बताइएको छ । 

पूर्वराजाले धनगढीमा रहेको शिवपुरी धार्मिक स्थलमा समय बिताउने छन् । 

झण्डै दुई हप्ते भ्रमणका क्रममा पुस १३ गते काठमाडौंबाट नेपालगञ्ज गएका पूर्वराजाले मंगलबार दिउँसो बर्दियाको गुलेरियामा रहेको शिवमन्दिर दर्शन गरेका थिए । 

उनी जहाँ पुग्छन् सर्बसाधारणले भने ‘राजा आउ देश बचाउ’ को नारा लगाउन छाडेका छैनन् । 

स्थानीय एक राजावादी अगुवा भन्छन्, ‘नेताहरुको क्रियाकलाप हेर्दा हेर्दा थाक्यौं अब त राजा नै चाहिन्छ ।’

पूर्वराजाले मन्दिर दर्शनका क्रममा सर्वसाधारणका कुरा पनि सुन्ने गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ