arrow

सैतानी घुम्तीमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

logo
प्रकाशित २०७४ पुष १९ बुधबार

काठमाडौं । पेरुमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ ।

राजधानी लिमाबाट उत्तरमा पर्ने पासामायो क्षेत्रको एउटा कठिन मोडमा बस दुर्घटनाग्रस्त भएको हो । 

बस एक सय मिटर तल समुद्री किनारामा खसेर बस दुर्घटना भएको बीबीसीले जनाएको छ ।

६ जना घाईतेको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । 

बसमा ५० यात्रु सवार रहेकाले मृतकको संख्या अझै केही बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

प्यासिफिक समुद्री किनाराको यो सडकलाई पेरुमा डेभिल्स बेन्ड अर्थात सैतानी घुम्तीको नामले चिनिन्छ ।

पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुजेन्स्कीले घटनाप्रति गहिरो समवेदना ब्यक्त गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ