arrow

अस्थायी राजधानी प्रस्ताव गरिएसँगै प्रदेश ७ मा टायर बल्यो

मोटरसाइकलमा आगो लगाइयो

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
dipayel.JPG

काठमाडौं । सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोक्ने प्रस्ताव गरेपछि पहिले क्षेत्रीय सदरमुकाम रहेको  दिपायलमा प्रदर्शन सुरु भएको छ । स्थानीयले वुधबार विहानै सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले यातायात बन्द समेत गराएका छन् । बन्दको अवज्ञा गरेको भन्दै सिलगढीमा बन्दकर्ताले एउटा मोटरसाइकलमा आगो लगाइदिएका छन् ।

सरकारले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेसँगै प्रदेश ७ मा विरोध सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार भइसकेको जनाएको छ ।

मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी राजधानीको खाका तयार गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ३ को भक्तपुरको ठिमी, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को धनगढीमा अस्थायी राजधानी तोकिएको छ । शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि अस्थायी राजधानी राख्नका लागि प्रस्ताव गरेको हो ।

अस्थायी रुपमा तोकिएका ती अस्थायी राजधानी प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ। संवैधानिक रुपमा प्रदेश सरकारको दुई तिहाइ बहुमतले राजधानी तोक्न सक्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ