arrow

देउवा र निर्वाचन आयोगविरुद्धको खनिए वाम कार्यकर्ता, आयल निगम पनि घेर्ने

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
deuba_new.png

काठमाडौं । एमाले र माओवादी निकट संयुक्त वाम युवा–विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र निर्वाचन आयोगविरुद्धको प्रदर्शनलाई जारी राख्ने जनाएको छ ।

संगठनको वुधबार विहान बसेको बैठकले दिउँसो २ बजे प्रदशनीमार्ग बाट बिरोध जुलुश निकाल्ने, विहिबार आयल निगम घेर्ने र शुक्रबार निर्वाचन आयोग अगाडि सार्वजनिक  सडक बहस गर्ने निर्णय गरेको अनेरावस्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।  

बैठकले देउवा सरकारलाई जनतिरस्कृत भनेको छ भने, निर्वाचन आयोगलाई नालायक भनेको छ । सरकार र आयोगकोविरुद्ध देशैभर विरोध प्रदशन गर्ने निर्णय बैठकले गरेको लामिछानेले बताए ।

युवा र विद्यार्थी संगठनले मंगलबार जनमत गुमाइसकेको सरकारले सत्ता छाड्नुको साटो एकपछि अर्को महत्वपूर्ण निर्णय लिंदै प्रजातान्त्रिक मूल्य मान्यताको खिल्ली उडाएको भन्दै संगठनले प्रदर्शन गरेका थिए ।
मंगलबार दिउँसो चार संगठनले संयुक्त रुपमा प्रधानमन्त्रीको पुत्ला बनाउँदै ‘मुर्दा जुलुश’ निकालेका थिए । प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवको पुत्ला प्रदर्शन गरेपछि प्रहरीसँग झडप हुन पुगेको थियो ।

पुत्ला खोस्ने क्रममा प्रहरीले लाठी प्रहार गर्दा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रदर्शनकारीले ढुङ्गा हान्न थालेपछि प्रहरीले टियर र अश्रुग्यास प्रहार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ