arrow

गाडीले हान्दा चितुवा ठाउँको ठाउँ ठहरै 

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
chituwa-new,,.jpg.jpeg

खजुरा । बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा गाडीको ठक्करबाट एउटा चितुवाको मृत्यु भएको छ । 

नेपालगञ्जबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख २९७४ नंको हाइस माइक्रोबसले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ ठक्कर दिँदा चितुवाको घटनास्थलमै मृत्यु भएको हो । 

जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ बाघखोरमा हाइसले चितुवालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सडक पारगर्ने बेलामा तीव्र गतिमा रहेको हाइसले चितुवालाई ठक्कर दिएको हो । 

बाक्लो हुस्सु लागेका कारण जनावरले बाटो पार गर्दा सवारीसाधनको शिकार हुने गरेका छन् । निकुञ्जले वन्यजन्तुको क्षेत्रमा सवारीसाधन सीमित गतिमा चलाउन अनुरोधसमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ