arrow

भण्डारीले सम्हाले सेनाको प्रवक्ताको जिम्मेवारी

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
army.jpg

काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा सेनाको प्रवक्ताको जिम्मेवारी बुधवारदेखि सहायकरथी गोकुल भण्डारीले सम्हालेका छन् ।  

सहायकरथी नैनराज दाहालले निर्देशनालयमा बुधवार आयोजित कार्यक्रममा सहायकरथी भण्डारीलाई कार्यभार हस्तान्तरण गरेको निर्देशनालयले जनाएको छ ।

सो अवसरमा सहायकरथी दाहालले करिब तीन महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सबै सञ्चारसंस्था तथा सञ्चारकर्मीबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार प्रकट गरे ।

सहायकरथी भण्डारीले आफ्नो कार्यकालमा नेपाली सेना र पत्रकार जगत्बीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान आफू प्रतिबद्ध रहेको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ