arrow

बस्दै सर्वदलीय बैठक, जम्मा पाँच दल सहभागी, राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुख र राजधानीमा सहमति 

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
pradhanmantri-niwas-baluwatar.jpg.jpeg

काठमाडौँ । प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहीबार बिहान सर्वदलीय बैठक बस्दैछ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाएका हुन् । 

बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी हुने जनाइएको छ ।

बैठकमा सहमति जुटेलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकैसाथ गर्ने तयारीमा देउवा सरकार रहेको छ । 

निर्वाचनलगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो । 

पछिल्लो समय बामगठबन्धनले प्रदेश प्रमुखमा काँग्रेससंग भीडन्तको नीतिमा केही लचकपन देखाएको बताइन्छ । 

तर कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो ।

कानुनअनुसार निर्वाचन परिणाम क्रमशः प्रदेशको प्रदेश प्रमुख र प्रतिनिधिसभाको राष्ट्रपतिलाई बुझाउनुपर्छ । 

निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न ताकेता गर्दै आए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति खोज्न मंगलबारबाटै राजनीतिक परामर्श गरेका हुन् । 

उनको प्रयासले कत्तिको सार्थक रुप लिने हो त्यो भने हेर्न बाँकी छ । 

अस्थायी प्रदेशको राजधानीको तयारीलाई लिएर प्रदेश नम्बर १, ५ र ७ मा असन्तुष्टि मच्चिएको छ । प्रदेश ७ र १ मा आमहड्ताल नै चलिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ