arrow

बितायो चिसोलेः लौ पढ्नुस् कहाँको तापक्रम कति ?

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
mausam.JPG

काठमाडौं । चिसोले मुलुक नै रन्थनिएको छ । चिसो अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम जुम्लाको छ । जुम्लामा बिहान माइनस ६.५ डिग्री सेल्सियस मापन गरिएको छ । 

दिपालयको १.२, काठमाडौंको १.५, विरेन्द्रनगरको १.९, डडेलधुराको ३.१, धनगढीको ९.५ नेपालगञ्जको ९.६, दाङको २.२, पोखराको ५.८, भैरहवाको ९.७, सिमराको ५.०, ओखलढुंगाको ६, ताप्लेजुङको ३.७, धनकुटाको ७.७ डिग्री सेल्सियस तापक्रम छ । विराटनगरमा सबैभन्दा बढी १०.८ डिग्री सेल्सियस रहेको छ । 

अधिकतम तापक्रम दिपायलमा २४ तथा दाङमा २२ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ । 

काठमाडौंमा बिहिबार १८ डिग्री सेल्सियसमात्र पुग्ने अनुमान महाशाखाको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ