arrow

चिसो बढेसँगै कलैया उपमहानगरले गर्‍यो आगो ताप्ने व्यवस्था

logo
उपेन्द्र यादव,
प्रकाशित २०७४ पुष २० बिहिबार
pic_of_aagoko_byawastha_3.jpg

बारा।  कलैया उपमहानगरपालिकाले चिसोबाट सर्वसाधारणलाई बचाउनको लागि नगरको बिभिन्न स्थानमा आगोको व्यवस्था गरेको छ। केही दिन देखि एक्कासि बढेको चिसोले गर्दा जनजिवन कष्टकर भए पछि नगरवासीलाई राहत दिनको लागि आगोको व्यवस्था गरीएको कलैया उपमहानगरपालिले जनाएको छ ।

कलैया उपमहागरपालिकाका प्रमुख राजेश राय यादव र वडा अध्यक्ष बिक्रम यादवले सर्वसाधारणहरुलाई चिसोबाट बनाउनको लागि बिहिबार बिहानै नगरक्षेत्रको बिभिन्न स्थानमा आगोको व्यवस्था गरेका छन्। कलैया अस्पताल, भरत चौक, अमृताअनाथालय, बस पार्क लगाएतको सार्वजनिक स्थानहरुमा सर्वसाधारणहरुलाई चिसोबाट बचाउनको लागि  आगोको व्यवस्था गरीएको नगर प्रमुख राजेश राय यादवले बताएका छन्।

जिल्लाको सदरमुकाम समेत रहेको कलैयाको बिभिन्न सरकारी कार्यालयहरुमा सेवा लिन आउने सेवाग्रहीहरुलाई समेत चिसोबाट बचाउनको लागि नगरपालिकाले आगोको व्यवस्था गर्दे आएको नगर प्रमुख यादवले बताए ।
जिल्ला वन पैदावार अपुत्ती समितिबाट दाउराहरु .खरिद गरी आगोको व्यवस्था गरीएको उनले बताए।

प्रमुख यादवले चिसोमा आगोको व्यवस्था गर्नको लागि २७ वटै वडा अध्यक्षहरुलाई निर्देशन दिएको बताए।
नगरपालिकाबाट निर्देशन पाए पछि सवै वडा अध्यक्षहरुले समेत दाउरा खरिद गरी वडा वासीहरुलाई आगो ताप्ने  व्यवस्था गर्न कार्य समेत शुरु गरेको उनले बताए।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ