प्रदेश राजधानी तानातान : बुटवलमा कांग्रेसको चक्काजाम

प्रदीप आचार्य, प्रकाशित मिति : २०७४ पौष २० बिहिबार , २,५५९ पटक हेरिएको

बुटवल। प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा राख्न माग गर्दै नेपाली कांग्रेसले बिहीबार बिहान रुपन्देहीमा चक्काजाम गरेको छ । बिहान ९ बजेदेखि १० बजेसम्म बुटवलको अस्पताललाइन, मणिग्राम चोक र मुर्गियामा चक्काचाम गरेको हो । चक्काजाममा सहभागीले आज बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेशको राजधानी दाङ घोषणा गरे त्यसलाई कुनै हालतमा नमान्ने चेतावनी दिएका थिए ।

चक्काजामका कारण पूर्व–पश्चिम महेन्द्रराजमार्ग र सिद्धार्थ राजमार्गमा १ घण्टा आवागमन अवरुद्ध भएको थियो ।
सरकारले तत्कालका लागि अस्थायी राजधानी तोक्ने र पछि स्थायी राजधानीका लागि प्रदेशसभाको बहुमतबाट निर्णय हुने भएकाले पनि सबैलाई राजधानीका विषयमा चासो बढेको छ ।

प्रदेश मन्त्रालयको लागि भवन, सडक सन्जाल, अन्तर्रा्ष्ट्रिय बिमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनी जस्ता कारणले राजधानीकालागि रुपन्देही उपयुक्त हुने उनीहरुको ठहर छ । सरकारले प्रदेश ५ को अस्थायी राजधानी दाङलाई तोक्ने तयारी गरेको छ ।

 

नयाँ