arrow

'माछा देखे दुलाभित्र हात, सर्प देखे दुलाबाहिर हात', फसिने डरले तर्किए 'वाम'

देखाए चरित्र

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
baluwatar_new.JPG

काठमाडाैँ । सहमति विना प्रदेश प्रमुख तोकिए, आफ्ना सांसदहरुले सपथ समेत नखाने चेतावनी दिएको एमाले, एकाएक पछि हटेको छ ।

विहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा राखेको ५ दलको बैठकमा एमाले नेताहरु, यो त सरकारको अधिकार क्षेत्रको कुरा हो भन्दै तर्किए । तर, उनीहरुले शर्त पनि राखे, 'सबैलाई स्वीकार्य हुने गरी प्रदेश प्रमुख र प्रादेशिक राजधानी तोक्नू ।' वाम नेताहरुले अर्काे शब्द पनि थपे, 'हाम्रो सहमति पनि छैन, असहमति पनि छैन । बरु नयाँ सरकार गठनको बाटो छिटो खोल्दिनु पर्‍यो ।' उनीहरुले निर्वाचन अायाेगले पनि सरकारकै बाेली बाेलिरहेकाेतर्फ स‌ंकेत गरे । प्रतिनिधि सभाकाे समानुपातिक नतिजा चाँडै सार्वजनिक गरेर नयाँ सरकारकाे बाटाे खाेल्न भन्दै भ्रातृ संगठन सडकमा उतारकाे वाम गठबन्धनका नेताहरुले घुमाउराे शैलीमा अायाेगलाई सम्झाइदिन अनुराेध गरे ।

प्रधानमन्त्री देउवा अाफुले गर्न लागेकाे काममा दलीय अनुमति अाउँछ भन्नेमा थिए । नतिजा त्यस्ताे अाएन । दलीय सहमति जुटे विहिबारै मन्त्रिपरिषदबाट प्रदेश प्रमुख र प्रदेशकाे अस्थायी राजधानी ताेक्ने देउवाकाे तयारी थियाे ।

सरकारले प्रदेशको राजधानी तोक्ने तयारी गरिरहँदा मुलुकका ठाउँ-ठाउँमा आगो बल्न थालेको छ । आफ्नै थलोमा प्रदेशको राजधानी हुनै पर्ने माग गर्दै पूर्वको धनकुटाबाट शुरु भएको आगो बाल्ने आन्दोलन सुदूरपश्चिमको डोटी दिपायलसम्म पुगेको छ । धरानले भित्रिरुपमा सरकार प्रमुखलाई ज्ञापनपत्र बुझाइ सकेको छ । प्रदेश नम्बर ५ का बुटवलवासी मसाल बाेकेर सडकमा उत्रिएका छन् । यसअघि कपिलवस्तुले पनि राजधानी मागिसकेको छ । 

सहमतिको तुरुप फाल्दै सरकारलाई अत्याइरेको एमालेले विहिबारकाे सर्वदलीय बैठकमा भने न प्रदेशको राजधानी तोक्ने विषयमा बोल्यो, न प्रदेश प्रमुखमा हाम्रा मनले खाएका मान्छे पनि राख्नुपर्छ भनेर अडान राख्यो ।

एमालेलाई राम्रैसँग थाहा छ, सरकार प्रमुख र राजधानी तोकिनासाथ अवस्था सहज हुने वाला छैन । लक्षण देखिइसकेको छ के हुने वाला छ भनेर । अपजसरको भारी जानाजान किन बोक्ने ? एमाले तर्कियो । वाम नेताहरुकाे जोड एउटै थियो 'राष्ट्रिय सभाको मिति तोकिहाल्नू, नयाँ सरकार गठनका लागि बाटो खोलिहाल्नू।'

एमालेलाई पक्कापक्की छ, अबको सरकार हाम्रै हो । आफ्नो सरकार बनेपछि वर्तमान सरकारले गरेका निर्णय उल्ट्याउने ल्याकत राख्ने एमाले नेताहरुले बताउँदै आएका छन् । त्यतिमात्र नभई भावी प्रधानमन्त्रीका अाकांक्षी केपी शर्मा अाेलीले देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथ नलिने बताएका थिए । तर, अहिले वाम नेताहरु फसिने डरले पञ्छिएका छन‍् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ