भरतपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विहिबार एकाएक देवघाट देखिए । भरतपुर महानगरको परिषद उद्घाटन गर्न चितवन पुगेका दाहाल विहिबार बेलुकी परिवारसहित देवघाट घुमेका हुन् ।
अध्यक्ष दाहालले देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरे । उनले स्थानीय र देवघाटधामका बटुकहरुसँग फोटो पनि खिचाए । दाहालले व्यवस्थापन समितिका पदाधिकारीहरुसँग वात मार्न पनि भ्याए ।
देवघाट क्षेत्रमा रहँदा दाहालले देवघाटलाई नेपालको धार्मिक पर्यटनको केन्द्र बनाउन आफूले सक्दो पहल गर्ने बताए ।