नेपालगञ्ज । मध्य र सुदूरपश्चिमको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार बिहान दाङको घोराही जाँदै छन् ।
सपरिवार शुक्रबार बिहान ११ बजे उनी घोराहीमा रहेको अम्बेश्वरी मन्दिर दर्शन गर्न जाने कार्यक्रम रहेको बताइएको छ ।
मन्दिर दर्शन पछि उनले स्थानीय राजाबादीहरुसंग पनि छलफल गर्नेछन् ।
झण्डै दुई हप्ते भ्रमणका क्रममा पुस १३ गते काठमाडौंबाट नेपालगञ्ज गएका पूर्वराजाले मंगलबार दिउँसो बर्दियाको गुलेरिया र बुधबार कैलालीको धनगढीमा रहेको शिवपुरी धार्मिक स्थलमा समय बिताएका थिए ।
उनी जहाँ पुग्छन् सर्बसाधारणले भने ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ को नारा लगाउन छाडेका छैनन् ।
पूर्वराजाले मन्दिर दर्शनका क्रममा सर्वसाधारणका कुरा पनि सुन्ने गरेका छन् । यसले उनलाई उत्साह पनि मिलेको छ ।