arrow

संविधान नै सरकार गठनमा बाधक : उपेन्द्र यादव

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
upendra-yadav-600x0.jpg.jpeg

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा भएको ढिलाइमा तिनै ठूला दलले जबर्जस्ती लागू गरेको संविधान नै बाधक बनेको बताएका छन् ।

सप्तरीको राजविराजमा शुक्रवार बिहान कार्यकर्तासँगको भेटका क्रममा उनले अन्य धेरै ठाउँमा संवैधानिक जटिलता रहेकाले संविधान संशोधन गरेमात्रै मुलुकले निकास पाउन सक्दछ भने।

आफूहरुले बारम्बार संविधान त्रुटिपूर्ण रहेको बताउँदै आए पनि बलजफ्ती जारी गरेको कारण समस्या आएको समेत अध्यक्ष यादवले आरोप लगाए । संविधानमा रहेको त्रुटिपूर्ण व्यवस्थाकै कारण निर्वाचन परिणाम आइसक्दा पनि सरकार गठनमा ढिलाइ भएको समेत उनले टिप्पणी गरे ।

सरकार गठनमा देखिएको संवैधानिक अड्चनपछि जबर्जस्ती संविधान जारी गर्ने तिनै दलका नेताहरुले संविधानमा त्रुटि रहेको कुरा स्वीकार गरिरहेको उनको भनाइ थियो ।

उनले मुलुकमा राजनीतिक स्थिरताका लागि सबै दल मिलेर संविधान संशोधन गर्नु नै एकमात्र विकल्प भएको जिकिर गरे।

‘‘प्रदेश २ का जनताले पनि संविधानमा त्रुटि रहेको कुरा निर्वाचनमार्फत व्यक्त गरिसकेकाले संशोधन अपहरिहार्य छ’’ अध्यक्ष यादवले भने ।

सप्तरी क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले सप्तरी जिल्लाको विकास हुन नसक्नुको मुख्य कारण विगतका सरकार भएको समेत आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ