arrow

'नेतृत्वबीच विकास निर्माणका लागि प्रतिस्पर्धा आवश्यक'

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
Mohan_Basnet.jpg

बाह्रबिसे, सिन्धुपाल्चोक ।  सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक संघीयतामा गइसकेकाले अब विकास निर्माणका लागि नेतृत्वबीच प्रतिस्पर्धाको खाँचो रहेको बताएका छन् ।  

सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खाकदल–सिंगासे मोटर बाटोको शुभारम्भ गर्दै शनिवार उनले नेताबीच विकासका लागि प्रतिस्पर्धा र जनता एकढिक्का हुनुपर्ने बताए । “विकसित परिप्रेक्ष्यमा जनताले व्यवस्थाको प्रयोग गर्न सक्नुपर्छ”, उनले भने।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले विकाससँगै गाउँगाउँमा रोजगारी भित्रिएको भन्दै रोजगारीले ग्रामीण क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

सडक पूर्वाधारले मात्र विकासका अन्य ढोका खुल्ने बताउँदै उनले सडक सञ्जालले मात्र मुलुकमा दिगो र सन्तुलित विकास हुने धारणा व्यक्त गरे ।

मन्त्री बस्नेतले मुलुक संघीयतामा गइसकेको र त्यसलाई संस्थागत गर्न सरकारले जनताका दैनिक जीविकोपार्जनका आवश्यकता पूर्ति गर्न भरमग्दुर काम गरिरहेको बताए ।

सडक आयोजना समयमै गुणस्तरीयरुपमा सम्पन्न गर्न स्थानीयवासीको सहयोग र योगदान आवश्यक रहेकोमा जोड दिँदै उनले भने, “खाकदल–सिंगासे सडक आयोजना यस क्षेत्रका जनताको पर्यटकीय विकास, कृषि र सहज यातायातका लागि महत्वपूर्ण छ ।”

कूल छ किलोमिटर लम्बाइको उक्त सडक  १६ करोडमा निर्माण हुन लागेको छ, जसमध्ये रु सात करोड निकासा भइसकेको र बाँकी रकम पनि चाँडै निकासा हुने सडक डिभिजन कार्यालय, चरिकोटले जनाएको छ ।

विसं २०७४ असारदेखि प्रारम्भिक पूर्वाधार निर्माण शुरु भएको उक्त आयोजना २०७६ असारमा सम्पन्न हुनेछ । उक्त सडक रौतहट हिमाली देवढुंगा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गर्न लागेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ