arrow

काठमाडौँको तापक्रम शून्य, जुम्लामा माइनस ८ दशमलव ७ डिग्री

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
fuggy.jpg

काठमाडौँ । काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ ।  काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आयतवार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।

काठमाडौँको आजको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुस २० देखि २२ गतेसम्म निरन्तर काठमाडौँको तापक्रम १ डिग्रीको हाराहारीमा पुगेको थियो ।

उपत्यकाको तापक्रम अझै एक दुई दिन स्थिर (शून्य डिग्री) रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार आज पनि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । चिसो अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा कम जुम्लामा आज ऋणात्मक ८ दशमलव ७ तथा सबैभन्दा बढी विराटनगर र नेपालगञ्जमा ८–८ डिग्री सेल्सियस छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ