arrow

समिट एयर लिएर तुलसीपुर पुगे कृष्ण बहादुर महरा

सर्वसाधरण नागरिकहरुले बाजागाजा सहित भव्य स्वागत

logo
शरद रेग्मी,
प्रकाशित २०७४ पुष २३ आइतबार
dang_airport2.jpg

दाङ । दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टबाट समिट एयरले आइतवारदेखि उडान भर्न सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका र समिट एयर विच भएको सहमति अनुसार आइतबार देखि समिट एयरले उडान भर्न सुरु गरेको हो ।

 समिट एयरको विमान एक बजेर ९ मिनेट जाँदा टरीगाउँ एयरपोर्टमा अवतरण गरेको थियो । टरिगाउँ एयरपोर्टमा २०७२ साल चैत २ गतेपछि विमान सेवा अवरुद्ध भएको थियो । १ वर्ष १० महिनाको अन्तरालमा फेरि विमान सेवा सुरु भएपछि दाङवासी हर्षित भएका छन् ।

विमान आएको खुसीयाली मनाउन एयरपोर्टमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । उनीहरुले विमानको निरन्तरताको लागि जनप्रतिनिधिमहरुलाई भूमिका खेल्न आग्रह पनि गरेका थिए ।

१६ जना यात्रु लिएर आएको जहाँज सिटक्षेमता अनुसार १८ जना यात्रु लिएर एक वजेर ४३ मिनेट जाँदा काठमाडौं लागि उडेको थियो । जहाँजबाट ओर्लिने क्रममा उपप्रधान मन्त्री कृष्ण बहादुर महरा, एमाले नेता तथा प्रदेश सभा सदस्य प्रकाश ज्वाला, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, पाईलट, कोपाइलटलाई सयौ  सर्वसाधरण नागरिकहरुले बाजागाजा सहित फुलमाला लगाएर भव्य स्वागत गरेका थिए ।


समिट एरले हप्तामा दुई दिन आइतबार र शुक्रबार दाङ काठमाडौंका लागि उडान भर्ने नगर प्रमुख घनश्याम पाण्डेले बताए । सो अवसरमा बोल्दै पाण्डेले अब दाङ उठेको बताए । उनले सवैको प्रयासमा विमान संचालनमा आएको बताउदै अब समृद्धिको ढोका खुलेकाले दाङ जुरुक्कै उठ्ने बताए  ।

नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधान मन्त्री कृष्णबहादुर महराले प्रदेश नं. ५ को प्रदेश राजधानी दाङ बाहेक अन्त कँही नजाने बताएका छन् । दाङको टरिगाँउ एयरपोर्टमा आइतवार दिउँसो आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका महराले सरकारमा बसेकाहरुको मनमा पनि दाङ नै रहेको बताए । ‘प्रदेश राजधानीका सवालमा लडाई त छ,तर जहाँ राजधानी जाँदैन त्यहाँका नेता र जनता आन्दोलन मार्फत रोएका
मात्रै हुन,’–महराले थपे ‘ तपाँईहरु ढुक्क हुनुहोस दाङ बाहेक प्रदेश राजधानी अन्त कतै जाँदैन।’ तर उनले त्यसका लागि आम दाङवासी एकतावद्ध भएर लाग्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ