सिन्धुलीमा मिनी ट्रक दुर्घटना, ४ जना घाइते, २ गम्भीर
प्रकाशित २०७४ पुष २४ सोमबार
656
Shares
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका २ आधाबोटेमा आइतबार राति ८ बजे बा ४ ख ४२५९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका ट्रक चालक सुनकोशी गाउँपालिका १ का साइलो बराइली, परिचालक सोही ठाउँका कपुर बराइली, ट्रकमा सवार स्थानीय २४ वर्षीय अकल बहादुर तामाङ र ३५ वर्षीय उमेश तामाङलाइ उपचारको लागी काठमाडौँ ल्याइएको छ ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको सिन्धुली प्रहरीले जनाएको छ ।