arrow

रोकिएन चालकको बेइमानी, राजधानीमा १५६४ जना कार्वाहीमा 

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
traffic-karwahi.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी नियम विपरित सवारी चलाउने १५६४ जना कार्वाहीमा परेका छन् । 

आइतबार दिनभरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु ७८, लेन उल्लंघन २३०, निषेधित स्थानमा पार्किङ १३३, हर्न कार्वाही ४४ र अन्य कार्वाही १०७९ गरी १५६४ कार्वाहीमा परेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

ट्राफिकले निरन्तर कार्वाही गरिरहँदा पनि दैनिक ठूलो संख्यामा कार्वाहीमा पर्नुले भने नराम्रो संकेत दिन्छ । 

मापसेमा कडाइ भइरहँदा पनि त्यसमा समेत अझै नियन्त्रण हुन सकेको छैन । 

बिना लाइसेन्स सवारी चलाउने अझै पनि थुप्रै युवाहरु भएको ट्राफिक महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ