arrow

काठमाडौंमा ० डिग्री, कहाँ कति ? 

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
weather1.jpg

काठमाडौं । मुलुकमा चिसो बढिरहँदा काठमाडौंको न्यूनतम तापक्रम लगातार दोस्रो दिन पनि जिरो डिग्री सेल्सियस रहेको छ । 

आइतबार पनि काठमाडौंको न्यूनतम तापक्रम ० डिग्री थियो । न्यूनतम तापक्रम अझै घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सोमबार बिहानको न्यूनतम तापक्रम कहाँ कति ? 
दिपायल ०.४, डडेलधुरा २.९, धनगढी २.५, विरेन्द्रनगर ०.५, नेपालगञ्ज ४.२, जुम्ला माइनस ७.४, दाङ ०.१, पोखरा ४.० डिग्री रह्यो । 

भैरहवाको ६.४, सिमराको ४.०, ओखलढुंगाको २.३, धनकुटाको ४.० र विराटनगरको ३.७ डिग्री हेको छ । 

महाशाखाले सोमबार पश्चिमी क्षेत्रमा हल्का बादल लागेको र अन्य क्षेत्रमा मौसम सफा रहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ