arrow

गोविन्द केसी फेरि अनसनमा, अबको ‘तारो’ प्रधानन्यायाधीश

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
Govinda-kc-new-photo.jpg.jpeg

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ गोविन्द केसी फेरि अनसन बसेका छन् । यसअघि १३ पटक सम्म अनसन बसिसकेका केसीको यो अनसन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध केन्द्रीत छ । केसीकाे सत्याग्रहकाे तीर अब प्रधानन्यायाधीश गोपाल पराजुलीतिर साेझिएकाे छ ।

आइओएमको डीनबाट चार वर्ष पहिले बर्खास्त भएका डा. शशि शर्मालाई सर्वोच्च अदालतले पुनःवहाली गर्न आदेश दिएपछि डा. केसीले पाँच सुत्रीय माग राखेर  अनसन छेडेका हुन् ।

अनसन सुरु गर्नुअघि डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरेर आफ्नो माग र धारणाहरु सार्वजनिक गरे । अपराह्न ४ बजेबाट अनसन थाल्ने पूर्व सूचना दिएका थिए । डा. केसीले सरकारलाई उचित कदम चाल्न भन्दै २ घण्टा समय दिएका थिए ।  

न्यायालयमा किनबेच चल्न थालेको आरोप लगाउँदै डा केसीले प्रधानन्यायाधीश पराजुलीले राजीनामा गर्नु पर्ने माग गरेका छन्। पराजुलीबारे छानबिन गर्नुपर्ने समेत केसीले भनेका छन् । अनसन आरम्भ गर्दा केसीले पत्रकारमाझ  माफियाविरुद्ध सास रहुन्जेल लड्ने बताए ।

केसीका पाँच सुत्रीय माग
१. पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई विक्रिको विषय बनाउने भ्रष्ट प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस् । तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानविन र कारबाही गरियोस्।

२. चिकित्सा शिक्षा आयोग तत्काल गठन गरियोस् ।

३.आइओएमका डीनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरियोस्। माफिया डीनको पुनर्वहाली तुरुन्त खारेज गरियोस् ।

४. मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागबन्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरियोस् ।

५. त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी हामीले राखेका मागहरु पूरा गरियोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ