काँग्रेस पुनःजागरणमा लागेका नेताहरुको वुद्धिजीविसँग वृहद् भेला, को–को भए सहभागि ?
प्रकाशित २०७४ पुष २४ सोमबार
318
Shares
काठमाडौं । काँग्रेस पुनःजागरणको अभियानमा लागेका काँग्रेसका सात नेताले समीक्षात्मक भेटघाटलाई तीब्रता दिएका छन्।
सोमबार पनि राजधानीमा उनीहरुले प्रवुद्ध व्यक्ति र वुद्धिजीविहरुसँग छलफल गरेका छन् । उनीहरुले विभिन्न चरणमा पार्टीका भ्रातृ, सुभेच्छुक र पेशागत संगठनहरुसँग छलफल गरेका छन् ।
पार्टी पुनःजागरण अभियानमा अन्य केन्द्रीय सदस्यहरु समेत थपिने क्रम जारी रहेको नेताहरुले बताएका छन् । काठमाडौं बाहिर रहेका यस अभियानका कतिपय नेताहरु यो पटक देखिएका थिएनन भने केहि नयाँ थपिएका थिए। अघिल्लो पटक वक्तव्य निकाल्ने सात मध्ये विश्वप्रकाश शर्मा र बद्री पाण्डे सोमबारको भेलामा देखिएनन्। छलफलमा सात जना केन्द्रीय सदस्यमा जीवन परियार थपिएका छन् ।
उनीहरुले वुद्धिजीविहरुसँग काँग्रेसको हार र पार्टीलाई कसरी पुर्नजीवन दिने भन्ने विषयमा राय मागेका छन् । महासमिति बैठकमा लैजाने एजेण्डा र आगामी दिनमा पार्टी सुदृढ बनाउने उपायबारे समीक्षा भएको बैठकमा सहभागि नेताहरुले बताएका छन् ।
काठमाडौंको छलफल पछि यो समुह पुनःजागरण अभियान लिएर सातैवटा प्रदेश पुग्ने तयारीमा रहेको छ।