arrow

मंगलबार केसीलाई अदालत लैजानु अघि माईतीघरमा समर्थकको प्रदर्शन 

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
GKC.jpg

काठमाडौं । अदालतको मानहानीको मुद्दामा सर्वाेच्च अदालत लैजानुपूर्व नै डा गोविन्द केसीका समर्थकहरुले माईतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् । मंगलबार विहान केसीका समर्थकहरुलाई स्वतस्फूर्त रुपमा माईतीघर मण्डलामा सहभागी हुनको लागि आह्वान गरिएको छ । 

सोमबार सर्वाेच्च अदालतको मानहानीको मुद्दामा त्रिवि शिक्षण अस्पतालमा अनसन बसिरहेका डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । उनलाई मंगलबार विहान नौ बजे सर्वाेच्च अदालतमा हाजिर गराउन भनिएको छ । 

सर्वोच्चको फैसला माफियाको प्रभावमा परी भएको अभिव्यक्ति दिएको केहीबेरमा नै सर्वोच्च अदालतका न्यायाधीस डम्बरबहादुर शाहीको इजलासले केसीलाई मंगलबार ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ । सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले केसीविरुद्ध अदालतको अवहेलनमा मुद्दा हालेका थिए ।

सो आदेशसँगै काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा गएको टोलीले उनलाई एम्बुलेन्समा राखेर लगेको थियो । अनसनरत स्थलबाट पक्राउमा परेका केसीले बृत्तमा पनि अनसन सुरु गरिसकेको महानगरीय प्रहरी बृत्त सिंहदरबारले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ