arrow

सशस्त्र र जनपद प्रहरीले नै भरियो सर्वोच्च अदालत वरिपरि

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
supreme-court-security.jpg

काठमाडौं । सर्वोच्च अदालत परिपरि मंगलबार बिहानदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्चले सत्याग्रही प्रा डा गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान अदालतमा हाजिर गराउन आदेश दिएसँगै अदालत परिसर वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको हो । 

प्रहरीले आमरण अनसनमा रहेका अवस्थामा डा केसीलाई विवि महाराजगञ्जबाटै सोमबार राति ८ बजे पक्राउ गरेको थियो । 

 केसीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरेर सर्वोच्चले पक्राउको आदेश दिएको हो । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले केसीलाई मंगलबार ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।

केसीको समर्थनमा नागरिक समाज भने तातेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ