arrow

गोविन्द केसी पक्राउले विवेकशील गम्भीर, 'डा केसीको माग जायज'

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
bibeksheel-sajha-party_(1).png

काठमाडौं । विवेकशील साझा पार्टीले त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा आफू आश्चर्य चकित भएको बताएको छ । मंगलबार विहान पार्टी प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तीमा चिकित्सा शिक्षा र चिकित्सा सेवा सम्बन्धि आम जनताका सरोकारका नीतिगत मुद्दा र विकृतिमाथि आवाज उठाउँदै आएका ईमान र निष्ठाका प्रतीक डा। गोविन्द केसीको गिरफ्तारीको खबरले आफूहरु स्तब्ध भएको उल्लेख छ।

'उच्च प्राथमिकताका साथ सम्बोधन गर्नु पर्ने स्वास्थ जस्तो संवेदनशिल र सार्वजनिक सरोकारको न्यायोचित मुद्दामा राज्य पक्षको आलटाल, अकर्मण्यता र विकृतिलाई प्रोत्साहन गर्ने प्रवृत्ति देखाएबाट यो दुर्भाग्यपूर्ण स्थिति सृजना भएको हो भन्ने विवेकशील साझा पार्टीको ठहर छ।' विज्ञप्तीमा भनिएको छ 'सम्मानित अदालतको गरिमाको जगेर्ना गर्ने सवै नागरिकको दायित्व हो र लोकतन्त्रको संस्थागत विकासका लागि निष्पक्ष र स्वतन्त्र न्यायपालिकाको अहम् भूमिका रहन्छ भन्ने कुरामा हामी प्रतिवद्ध छौं।'

पार्टीले डा। केसीले सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायधीसमाथि आम चासोको बिषयमा गम्भिर प्रकृतिको आरोप लगाएको भन्ने सवालमा त्यसलाई डा। केसीले स्वास्थ क्षेत्रमा व्याप्त विकृतिको विरोधमा दिँदैआएको अभिव्यक्तिको निरन्तरताको रुपमा बुझ्नु उपयुक्त हुने जनाएको छ।

विगतका कतिपय घटनामा तत्काल कार्यान्वयन हुनु पर्ने सर्वोच्च अदालतको आदेश कार्यान्वयन नभएको परिप्रेक्षमा डा। केसी जस्ता देशले नै गर्व गर्ने एकजना निष्ठावान व्यक्तिलाई रातारात हठात गिरफ्तार गरिएबाट हामी आश्चर्यचकित भएका प्रवक्ता आचार्यले जनाएका छन्। पार्टीले डा। केसीलाई अबिलम्ब रिहा गरियोस् र उहाँले लगाएको आरोपको यथार्थ र वस्तुपरक छानबिन सहित न्यायोचित निष्कर्ष निकाल्न हामी सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छौँ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ