arrow

गोविन्द केसीको समर्थनमा तात्यो नागरिक समाज, माइतीघर मण्डलामा ऐक्यवद्धता

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
govinda-kc-ko-samarthan.jpg

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचारको विरोधमा १४ औं आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट सोमबार राति पक्राउ गरिएपछि नागरिक समाज त्यसको विरोधमा तातेको छ । 

नागरिक समाजले सामाजिक संजालमा विरोध जनाउनेदेखि माइतीघर मण्डलासम्म पुगेर ऐक्यवद्धता जनाएको छ । 

मंगलबार बिहान ८ बजे नै माइतीघर मण्डलामा भेला भई केसीको समर्थन गरेका छन् । 

माइतीघर मण्डलामा सुरक्षा कडा पारिएको छ । सुरक्षाकर्मीको संख्या उल्लेख्य मात्रामा परिचालित छन् । 

 केसीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरेर सर्वोच्चले पक्राउको आदेश दिएको हो । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले केसीलाई मंगलबार ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ