arrow

भारतमा एक नेपाली वृद्ध बेवारिस भेटिए

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
nepal-india-flag.jpeg

बैतडी । भारतको बैङ्गलोरमा एक नेपाली वृद्ध सोमबार बेवारिसे अवस्थामा फेला परेका छन् । 

छोरासँगै दुई महिना अगाडि मजदूरीका लागि भारत गएका बैतडीको पुर्चौँडी नगरपालिका–६, भूमिराज तिरकाली घर बताउने ६० वर्षीय मन्नो साउद बैङ्गलोरको लालबाग गेटमा फेला परेका भारतबाट नरेश महराले टेलिफोनमार्फत जानकारी दिए । 

मानसिक अवस्था ठीक नभएका मन्नो दुई महिनादेखि घरपरिवारको सम्पर्क बाहिर रहेकामा बेवारिसे अवस्थामा फेला परेका हुन् । उनले भने, “घरपरिवार खोज्दै बेवारिसे अवस्थामा सडकमा देखा परेका मन्नोलाई हामीले नियन्त्रणमा लिएका हौँ ।” 

मन्नो अहिले आफूहरुसँग रहेकाले उनलाई नेपाल पठाउन तयारी भइरहेको महराले जानकारी दिए । उनले भने, “नेपाल पठाउनलाई आर्थिक संकलनमा जुटेका छौँ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ