कञ्चनपुर पुगेर के-के गरे सिञ्चार्इ राज्यमन्त्रीले ?
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ पुष २५ मंगलबार
321
Shares
पुनर्वास,कञ्चनपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम सिंचाई राज्यमन्त्री अमर सिंह पुन सोमबार अनुगमनको क्रममा कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुगेका छन् । करिब एक साताको सुदूरपश्चिम अनुगमनको क्रममा रहेका मन्त्री पुन कञ्चनपुरको दोधारा चाँदनी, महाकाली सिञ्चाई अनुगमन गरेका हुन्।
बेलौरीको भकुण्डामा हुँदै बग्ने दोदा नदीले विभिन्न स्थानहरुमा गरेको कटानी तथा यस नदी नियन्त्रणको लागि हुन सक्ने सम्भावनाको अध्ययन गरेर यसको समाधान तर्फ लाग्ने मन्त्री पुनले सञ्चारकर्मीसँग कुराकानी गर्दै बताउनुभयो । मन्त्री पुन सङ्गै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सांसद बद्रि पाण्डे ,नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्र नं. १ का पूर्व सांसद दिवान सिंह विष्ट, पूर्व समानुपातिक सांसद चन्द्रा जोशी लगायत क्षेत्रीय सभापती तथा अन्य कार्यकर्ताहरु अनुगमनमा रहेका हुन्।
सोमबार बेलौरी पुगेका सिंचाई राज्यमन्त्री अमर सिंह पुन दोदा नदीले कटान गरेको स्थलहरु पुल निर्माणस्थलमा अध्ययन तथा अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री पुनलाई कञ्चनपुर क्षेत्र नं. १ बाट निर्वाचित पूर्व व्यवस्थापिका सांसद दिवान सिंह विष्टले सहजीकरण गरेका छन् । नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्र नं. १ का सभापति गोपी प्रसाद उपाध्यायले बताए ।
अनुगमनका क्रममा मन्त्री पुनले बाढीपहिरोबाट जोगिनका लागि नदी नियन्त्रण गर्नुपर्ने जानकारी दिँदै उनले नदी नियन्त्रण गर्न कार्ययोजना तुरुन्त अगाडि बढाउने तथा ढिलोसुस्त हुने कामलाई पनि द्रुत गतिमा लैजानको लागि आफूले निर्देशन दिने बताए। उनले बेलौरीको भकुण्डामा स्थापना हुँदै गरेको थारु सङ्ग्राहलयको समेत अनुगमन गरेका हुन् । यस क्षेत्रमा थारु जातिको बाहुल्यता रहेको हुँदा थारु सङ्ग्राहलय मात्र नभई थारु जातजातिका पुरानो रितिरिवाजको जगेर्ना गर्नको लागि अन्य कार्यक्रमको लागि पनि पहल गर्ने समेत बताए । उनले यस क्षेत्रमा एकदमै उल्लेखनीय काम भएकाले यस कार्यमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे ।