arrow

उदयपुरमा इलाका प्रशासनवाट राहदानी बितरण सुरु

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
udhayapur.png

उदयपुर । उदयपुरमा बिकट क्षेत्रका लागि भन्दै इलाका प्रशासन कार्यलय बाट राहदानी बितरण गर्न थालिएको छ । दैनिक ६-७ घन्टाको यात्रा गरेर सदरमुकाम आइ राहदानी बनाउनु पर्ने बाध्यता बाट सहज बनाउन इलाका प्रशासन बाट नै राहदानी बनाउने ब्याबस्था गरिएको हो ।

राज्यले सिंहदरवार गाउँ तहसम्म पुग्ने भने पनि सर्बसाधरण ले त्यसको प्रत्याभूत गर्न नपाएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यलय उदयपुरले यस्तो ब्याबस्था गरेको प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेंलले बताएका छन ।

प्रजिअ कणेंलले भने "राहदानी बितरण गर्न समस्या नभए पनि राहदानी बितरण गर्दा  संकलित रकम राजस्व दाखिला गर्न महालेखा नियन्त्रकको कार्यलयले तोकेको कार्यलय सदरमुकाम गाइघाटमा मात्र भएकोले अधिकार प्रत्यायोजन गर्न ढिला भएको हो "

सोमबारबाट नै राहदानि बितरणका लागि फर्म सुरु गरिएको इलाका प्रशासन कार्यलय कटारीले जनाएको छ । कटारी बाट  राहदानी बितरण गर्दा संकलित रकमका लागि राष्ट्रिय बाणिज्य बैँक कटारिलाइ कोष लेखा नियन्त्रण कार्यलयको पहलमा महालेखा परिक्षकले कोड उपलब्ध गराइएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ