arrow

विश्वप्रकाश काँग्रेस पार्टी प्रवक्ता नियुक्त

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता विश्‍व प्रकाश शर्मालाई पार्टी प्रवक्ता नियुक्त गरेका छन्। देउवाले मंगलबार शर्मालाई प्रवक्ता नियुक्त गरेकाे उनकाे सचिवालयले जानकारी दिएको छ ।

पार्टीको १२औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् ।

विश्वप्रकास शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा १ बाट चुनाव लडेका थिए । यद्यपि, उनी माओवादी केन्द्र एवं वाम गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसँग पराजित भए ।

शर्माले मतगणना नसकिँदै हार स्वीकार गरेर कार्कीलाई सबै भन्दा पहिले विजयको माला लगाएर लोकतान्त्रिक अभ्यासको संस्कार झल्काएका थिए । त्यहाँबाट शर्मालाई विपक्षी पार्टीका नेताहरुले समेत रुचाउँछन् ।

प्रखर वक्ता शर्मा ०४६ सालमा मेची बहुमुखी क्याम्पसका सभापति, नेपाल विद्यार्थी संघको महामन्त्री, अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ