arrow

सडकमा उत्रिए पोखराका ट्याक्सी चालक

सवारी आवागमन प्रभावित

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ पुष २६ बुधबार
pokhara-taxi.jpg

पोखरा। मिटरमा ट्याक्सी नचलाएको ,मनपरी भाडा असुलेर जनता ठग्ने काम गरेको भन्दै प्रहरीले पोखराका १८ जना ट्याक्सी चालकलाइ पक्राउ गरेपछि पोखराका ट्याक्सी चालक बुधवार सडकमा उत्रिएर बिरोध गरेका छन। पोखराको मुख्य चोक पृथ्बी चोक,चिप्लेढुगा लगाएतका चोकचोकमा ट्याक्सीलाइ लाम लगाएर चालकले आन्दोलन गरिरेका छन। आन्दोलनको नेतृत्व ट्याक्सी ब्यबसायी समीती पोखराले ले गरेको छ। एक्कासी गरिएको चक्काजामले सर्बसाधारणले सास्ती बेहोरेका छन।

मंगलबार सिभिल पोशाकमा प्रहरीले ट्याक्सी चढ्दै बढी भाडा असुल्नेलाइ पक्राउ गरेको थियो। त्यसको बिरोधमा ट्याक्सी ब्यबसायी आन्दोलनमा उत्रिएका हुन। मनपरी भाडा असुलेर जनता ठग्ने काम ट्याक्सि चालकाले गरेको पाइएकोले चालकलाइ  पक्राउ गरिएको साथै उनीहरुलाइ यातायात ऐन अनुसार नै कारबाहि गरिने कास्की प्रहरी प्रमुख एसपी अशोक सिहंले बताए।

५,७ बर्ष अघि तय गरिएको भाडा दरमा आफुहरुले ट्याक्सी चलाउन नसक्ने ट्याक्सी ब्यबसायी समीती पोखराका सचिब तुल्सी दाहालले बताए। उनले प्रशासनले पक्राउ गरेका ट्याक्सि चालकलाई स- सम्मान रिहा नगरेसम्म र मिटर समायोजन गर्न राजी नभएसम्म आन्दोलन जारी राख्ने समेत बताए।  बिहान सम्म केहि थाहा थिएन एक्कासी चक्काजाम भयो ,हामी कसरी गन्तब्य स्थलमा पुग्ने यात्रुहरुको गुनासो थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ